रोकेश गुरुङको परी  सार्वजनिक

शुक्रबार, कार्तिक १, २०७६

loading...


डिसी ।  विश्व कै सम्राट राज्य न्यूयोर्कमा बस्दै आएका चर्चित यूवा गायक रोकेश गुरुङको परीगीत गत अक्टोबर ८ दशैको दिन सार्वजनिक भएको छ । उनले उक्त परी गीत उनको आउदै गरेको प्रथम एल्वम (गीति संग्रह) मायाबाट सार्वजनिक गरेका हुन ।

उक्त गीतमा नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीको अभिनय गरेकी छिन् । स्मरण रहोस ,गुरुङले गत वर्ष सन् २०१८ को प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे फेब्रुअरी १४ का म सक्दिन नामक गीत सार्वजनिक गरेका थिए ।

??????????

परी गीतमा शब्द तथा सङ्गीत स्वयम गायक रोकेश गुरुङको रहेको छ । यसै गरि अवधारणा तथा निर्देशन स्वयम् गायक रोकेश गुरुङ तथा कुञ्चोक शेर्पाले गरेका छन् । ध्वनि समीश्रण दिवस गुरुङले गरेका छन् भने सम्पादन तथा रंग श्रेणीकरण कुन्चोक शेर्पाले गरेका छन् ।

उत्पादन हाम्रोकिल्कको रहेको छ भने उत्पादन सहायकहरुमा बिजे गुरुङ तथा संजय घले रहेका छन् । गुरुङ गायक,रचनाकार,डिजे,संगीतकार,गिटारिस्ट ,व्यवसायी,कुकुर प्रेमी तथा केटिएम इन्टरटेन्टमेन्टका संस्थापक पनि हुन् ।

गायक गुरुङ हाल लुक्सो कम्पनि (प्रतिष्ठान) महा प्रबन्धक तथा मनाङ्ग समाज युएसएका अध्यक्ष समेत हुन् । यसको अतिरिक्त गुरुङ चर्चित डिजे पनि हुन् भने अमेरिकामा नेपाली सुप्रसिद्ध कलाकारहरु फिरोज श्याङ्गदेन ,एड्रिएँन प्रधान ,नरेन लिम्बु तथा दिवस गुरुङका सांगीतिक कार्यक्रममा गिटार बजाउने थुप्रै अवसर पाएका छन् ।

कलाकारको साथै गुरुङ समाजसेवी पनि हुन् भने नेपालमा अन्धा बालबालिका तथा सडकमा हिडडूल गर्ने बालबालिकालाई सहयोग गर्दछन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata