गायक रामचन्द्र थापाको “परदेशी ” गीतको भिडियो सार्वजनिक

बुधबार, जेष्ठ ९, २०७५

loading...


काठमाडौं । बैदेशिक रोजगारीको शिलशिलामा परदेश गएका लाखौैँ नेपाली दाजुभाईको वास्तविक कहानी समेटेर मुना मदन डिजिटल म्युजिक प्रा.लीको प्रस्तुतिमा रामचन्द्र थापाको लोकदोहोरी गीत “परदेशी ” को भिडियो सार्वजनिक भएको छ ।

गायिका लक्ष्मी परियार र गायक रामचन्द्र थापाको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियोमा परदेशी युवाको पीडालाई समेटिएको छ । बाटो हेदैँ आफनो परदेश गएको छोरोको सम्झनामा बस्दैँ गएका बावु आमालाई गीतमा गाउँघरलाई सम्झिएको छ ।

प्रेम रावतको शब्द सिर्जना तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई र वावु आमा र सन्तानको याद आएको कुरा गीतमा ब्यक्त गरिएको छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने अविनास डिसीले सम्पादन गरेका छन ।

भिडियोमा सगुन शाही र विमल अधिकारीको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेका हुन ।

यस्ताे छ भिडियाे

142 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank