पामिरले जित्यो रिसन डान्स आइडल २०७४ को उपाधि

सोमवार, फाल्गुन ७, २०७४

loading...


रुपन्देही । बिद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रष्फुटन गर्ने उदेश्यले रुपन्देही एकीकृत बिद्यालय संगठन नेपाल रिसनको आयोजनामा रिसन डान्स आइडल २०७४ सम्पन्न भएको छ।

रिसनका अध्यक्ष मधुप्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न रिसन डान्स प्रतियोगितामा रिसनका २२ मध्ये १५ बिद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा पामिर एकेडेमी शंकरनगर कि समिक्षा राना ले प्रथम स्थान हासिल गरेकी छन् । यस्तै दोस्रो कुवरवर्ति इङ्लिस बोर्डिङ्ग स्कुल दिपनगर कि सोनु दराई, तेस्रो नोबल इन्भारमेण्ट कोटिहवा कि खुसि राना र इन्भारमेन्ट माबि मणिग्रामका मनोज ढेंगा मगरले सान्तवना स्थान हासिल गरेका छन्।

28275174_1249006335243900_1306932479_o

प्याब्सनका प्रदेश ५ का सचिब खेमेन्द्र रानाको प्रमुख आतिथ्यता एवं कलाकार रजनी श्रेष्ठ र मिना बुढाथोकी निर्णायक रहेका थिए । प्रतियोगिताका विजयीहरुलाई प्रमुख अतिथि खेमेन्द्र राना ,सभापति मधुप्रकाश ज्ञवालीले शिल्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा शिक्षक राजेन्द्र कुवरले आफुमा लुकेर रहेको प्रतिभा देखाउने एउटा माध्यम बनाइदिएकोमा रिसन प्रति आभार ब्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खेमेन्द्र रानाले नृत्य संगै रिसनले गरेको सबै कार्यक्रम तारिफ योग्य भएको र पछिल्लो समय गरेको यो प्रतियोगिताले संस्था बिद्यालय र बिद्यार्थीलाइ एक अर्कामा परिचित बनाउन सहयोग गरेकोमा आयोजक प्रति धन्यबाद ज्ञापन गरे।
साथै उनले रिसन ले गरेको आगामी दिनका प्रतियोगितामा सहभागी हुन सम्पूर्ण विद्यालयलाई आग्रह समेत गरेका छन् । कार्यक्रमका सभापति सस्थाका अध्यक्ष मधुप्रकाश ज्ञवालीले प्रतिभाको प्रष्फुटन गर्न यस्ता कार्यक्रमले विद्यार्थीका अन्तरनिहित क्षमतालाई बाहीर ल्याउन सफल हुने बताए।

208 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank