आँचललाई पाउँ भन्दै अनसन बसे पल (भिडियो)

मङ्लबार, फाल्गुन १, २०७४

loading...


काठमाण्डौ। सँग-सँगै हिँडेको देखेपछि छिमेकभर पल शाह र आँचल शर्माको प्रेम रहेको हल्ला हुन्छ । उक्त हल्लापछि पलले साँच्चिकै आँचललाई मन पराउँछन् तर आँचलले भने कुनै संकेत गर्दिनन् । आँचलको मन जित्न नसकेपछि पलले आमरण अनसन राखेर आँचललाई आफ्नो बनाउने कोशिस गरेका छन् ।
यो कथा गायक शिव परियारको हालै सार्वजनिक गीतको हो । ‘हल्ला हल्लामै माया’ बोलको गीतमा पल र आँचलको अभिनय छ । यसपटकको प्रणय दिवस लक्षित गरी सार्वजनिक गरिएको यस गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् ।
‘शिवालय’ एल्बममा समावेश यस गीतना नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
57 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank