अनिशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी ” गीतकाे भिडियो सार्वजनिक

शुक्रबार, जेष्ठ ११, २०७५

loading...


काठमाडौं । लोक तथा दोहोरी गायिका अनिशा तामाङ र गायक दिपु गुल्मेलीको आवाजमा रहेको लोकन्मुख लोकभाका “पागल प्रेमी ”को भिडियो सार्वजनिक भएको छ ।
आशा तामाङ र मधु पाल्पालीको शब्द तथा दिपु गुल्मेलीको मौलिक लय सिर्जनामा मायामा विछोडिएका जोडीको मनको भावनालाई समेटिएको छ ।

आफनी प्रेमीकाको अभावमा आफु जिवनमा पागल बन्ने कुरा गायकले गरेका छन । मनमा आफ्ना मायालुको याद पल पल आइरहने कुरा गीतमा भनिएको छ ।
सलिना म्युजिक प्रालिको प्रस्तुति रहेको यस गीतको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् भने छायाङ्क्न् राजेश घिमिरे तथा सम्पादन सुजन शाहीले गरेका छन् ।

गीतको भिडियोमा मायालु जोडिको भुमिकामा विमल अधिकारी र सारिका के सी को अभिनय रहेको छ ।

यस्ताे छ भिडियाे

94 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank