भारतमा पद्मावत फिल्म रिलिज रोक्न गाडी तोडफोड

सोमवार, माघ ८, २०७४

loading...


नयाँ दिल्ली । फिल्म पद्मावत रिलिजविरुद्ध सक्रिय रहेको करनी सेनाका कार्यकर्ताले गुडगाउँमा यातायात ठप्प पारेका छन् भने नोयडामा बस तोडफोड गरेका छन्। सुरत र गुजरातका अन्य ठाउँमा निजी र सार्वजनिक गाडीमा आक्रमण गरेका छन्। लाठी सहित उत्रिएका उनीहरुले फिल्म रिलिज रोक्न सडकमा प्रदर्शन गरेका हुन्।

अहेमदावाद-उदयपुर हाइवेमा हजारौ मानिसहरु सडकमा उत्रिएका छन्। मुन्दरा – माधवी हाइवे करिब १० घन्टा आन्दोलनकारीको नियन्त्रणमा रह्यो।

गुजरातमा त्यहाँको राज्य सरकारले हिंसामा उत्रिनेविरुद्ध कडा कारवाहीको चेतानवी दिएको छ। अहेमदावादमा मल, मल्टिप्लेक्स र कुनै पनि भवनभित्र फिल्मको विषयलाई लिएर कुनै गतिविधि भए कडा कारबाहीको चेतावनी दिएको छ।

५ सय भन्दा बढी राजपुत महिलाहरुले ‘जय जुहार’, ‘जय भवानी’ भन्दै मार्चपास गरेका छन्। महिलाहरुले सुरुमा त अग्निदाह गर्नेसमेत चेतावनी दिएका थिए तर पछि त्यसलाई स्थगित गरे। भारतको सर्वोच्च अदालतले फिल्म रिलिजमा अवरोध नगर्न फैसला सुनाइसकेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank