छबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा ओपनिङ्गको बिशेषमा

मङ्लबार, असार ५, २०७५

loading...


काठमाडौँ ।
ईटहरी सुनसरीको मुख्य सहरको रुपमा रहेको ईटहरिमा पछिल्लो समय सिने गतिबिधि निकै हुने गरेको छ । बढ्दो सहरीकरण संगै देशमा भित्रिएको नयापन र शैलीबाट ईटहरि पनि टाढिन सकेको छैन । यस्तैमा सिने प्रेमीहरुको लागि ईटहरिमा एउटा मात्रै हाल भैरहेको अवस्थामा भने अब अर्को सिनेमा घर पनि संचालनमा आएको छ ।

एलाईट सिनेमा घरको नामबाट संचालनमा आएको यो हल केही दिन अघिदेखि मात्र औपचारिक संचालनमा आएको हो ।
हलको ईटहरिका मेयर द्वारिकालाल चौधरीले रिबन काटेर औपचारिक उद्घाटन गरेका हुन् ।
आफ्नो आफ्नो हल संचालन गरेर बसेका प्रदिप र छविराज लगायतको टीममा संचालन भएको हल भने यो नै पहिलो हो । आफ्नै जग्गा लिएर नितान्त सिनेप्रेमिहरुको लागि मात्र भनेर सुरु गरिएको यो अत्याधुनिक सिनेमा घरमा २ ओटा सिनेमा हल छ ।
पहिलो हलमा २०८ जनाको सिट क्षमता छ भने दोश्रो हलमा १४४ जनाको सिट क्षमता रहेको छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाईने सो हलहरुमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएको छ ।

यस्तै दर्शकको सिनेमा हेर्ने लगाबलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरुमा भन्दा सस्तो टिकट दर पनि राखिएको निर्माता तथा हल संचालक मध्येका एक छविराज ओझाले बताए । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपालि फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर राखिएको छ ।

भिडियो सहित

148 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank