‘वान्स अपन अ टाइम इन हलिउड’ को ट्रेलर सार्वजनिक

बुधबार, जेष्ठ ८, २०७६

loading...


एजेन्सी । हिप्पी हलिवुड(१९६९)को टेलीस्कोपिक लुक्स अब पर्दामा देखिने भएको छ ।  क्वान्टिन टारन्टिनोद्‍वारा निर्देशित चलचित्र ‘वान्स अपन अ टाइम इन हलिउड’ को ट्रेलर सार्वजनिक भएको छ ।

प्रस्तुत चलचित्रमा लियोनार्दो दी क्याप्रियो, ब्राड पिट, अल पाचिनो, टिम रुथ अनि कर्ट रस्सेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र जुलाइ २६ मा रिलिज हुँदैछ । यो टारन्टिनोको नवौँ चलचित्र हो । कम चलचित्र बनाउने तर निकै नै राम्रो बनाउने चलचित्र निर्देशकका रुपमा टारन्टिनो परिचित छन् । तर यिनका चलचित्रमा बढी हिंसालाई देखाउने भएकाले उनी विवादित निर्देशक पनि हुन् ।

यो चलचित्र अगस्ट १९ मा नै रिलिज हुने बताइएको थियो तर कारणवश त्यो हुन् सकेन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank