अञ्जु पन्तले भनिन् ओम रोदनलाई “तिमि बाहेक”
आइतवार, माघ ९, २०७३

काठमाडौ । चाहे मोडलिङ्गमा होस् चाहे गायनमा होस् पछिल्लो समय नेपालि कलाकारिता संग संगै नेपाली गीत संगीतमा आफुलाई अब्बल बनाउदै आएका कलाकार हुन् ओम रोदन ।
यिनै ओमको आवाजमा रहेको नया गीत “तिमी बाहेक” सार्बजनिक भएको छ । यो गीतमा रोदनलाई चर्चित गायिका अन्जु पन्तले साथ् दिएकि छिन भने गायक रोदन आफैमा एक कुशल गीतकार अनि संगीतकार पनि हुन् ।
अहिलेका व्यस्त अनि निकै नै चर्चित संगीतकार अर्जुन पोख्रेलको यो गीतमा शब्द अनि संगीत रहेको छ। यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ म्युजिक भिडियोलाई निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेका छन् ।
भिडियोमा बेनिषा हमाल संगै ओम रोदन आफैले अभिनय गरेको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका छन्, भने निशान घिमिरेको सम्पादन रहेको छ । भिडियोमा २ प्रेमी प्रेमिका बिचको गहिरो सम्बन्धलाई देखाउन खोजिएको छ ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments