गायक ओली र गायिका डिसीको तिजको कोशेली “भैसी गयो खोलै खोला”भिडियो सहित

सोमवार, साउन १४, २०७५

loading...


काठमाँडौ ।
नेपाली लोक गीत संगीतमा निकै रुचाइएका गायक तिलक ओली र गायिका करिष्मा डिसीको तिजको लोक कोशेली “भैसी गयो खोलै खोला” गीतको भिडियो भखरै बजारमा आएको छ । नेपाली लोक सस्कृतिको सरक्षण गर्दै आएको गामवेसी म्युजिक प्रालीको प्रस्तुतिमा डेनु ओलीको सो गीत अहिले सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

तिलक ओलीको शब्द तथा मौलिक लय सिर्जना र एरेन्ज गीतमा रहेको छ । तीज गीत भएकाले आम दर्शक तथा स्रोताको माग अनुसार नै गितको शब्द तथा लय सिर्जना गरेको गायक ओलीले बताए । भिडियोलाई गोविन्द विवशको छायाँकन , प्रेम कुमार थारुको सम्पादन रहेको छ । गीतको भाव अनुसार जिवन्त अभिनय गोविन्द विवश , रिना थापा मगर को रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन गोविन्द विवसले गरेका छन ।
हेर्नुहोस भिडियो ।

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank