ओलीको जीवनीमाथी फिल्म बन्दै

बुधबार, मंसिर २९, २०७३

loading...


काठमाडौ, २९ मंसिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जीवनीमाथी आधारित भएर फिल्म बन्ने भएको छ ।  दीपेन्द्र प्रसाद दाहालले निर्देशन गर्ने चलिचित्रको नाम ओलीकै सुझाव अनुसार ‘रातो सुर्य’ राखिएको छ ।

बुधबार निर्माण पक्षले ओली समेतको उपस्थीतिमा काठमाडौमा कार्यक्रम गरी फिल्म निर्माणका विषयमा जानकारी दिएको छ । फिल्ममा ओलीले नायकको भूमिका निर्वाह गर्ने छन् । त्यसवापत उनलाई पारिश्रमिक समेत प्रदान गरिने निर्देशक दाहालले जानकारी दिए । तर उनले पारिश्रमिक कति दिने भन्ने चाँही खुलाएनन् ।

ओलीले आफ्नो ४५ देखी ६५ वर्ष सम्मको जीवनका विषयमा अभिनय गर्ने छन् भने १६ देखी ४५ वर्षसम्मको जीवनीका विषयमा कलाकार अनुप शर्माले अभिनय गर्ने छन् । त्यसका लागि शर्माले पाँच वर्षदेखी ओलीका गतिविधीहरुलाई नजिकबाट केलाएको निर्देशक दाहालले बताए ।

चलचित्रको छयाङकन झापाको आठराईदेखी सुरु हुनेछ । सबैभन्दा बढी छयाङकन मकवानपुरको थाहा नगरपालिका र काठमाडौमा हुने जनाईको छ । त्यसका लागि ओलीले १० दिनको समय दिने निर्माण पक्षले जनाएको छ ।

769 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank