पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा “ओके छ नी त ” म्युजिक भिडियो सार्वजनिक

आइतवार, मंसिर २, २०७५

loading...


काठमाडौं । चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा निकै रमाइलो लोकदोहोरी गीत“ओके छ नी त ” गीतको भिडियो बजारमा आए सगैँ सवार्धिक चर्चाको शिखरमा रहेको छ । अमेरिकाकाे  लामो समयको वसाई पछि नेपाल फर्कीएकी  मोडल पार्वती राईको गीतमा निकै राम्रो नित्य तथा अभिनय रहेको छ । गीतमा राजु विरही र गायिका सीता लामाको आवाज रहेको छ ।

आफ्नाे मायालुलाई माया गर्न पाउदा गायक निकै खुशी रहेका छन । गीतमा आफनो प्रेमी निकै विश्वासिलो रहेको कुरा गायिकाले बताएकी छन । राजु विरहीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ । “ओके छ नी त गीतको छायाँकन प्रकाश खड्का , सम्पादन राजेश कुमार र निर्देशन विक्रम चौहानले गरेका छन । त्यस्तै उक्त गितलाई एरेन्ज भने सन्जय श्रीपालले गरेका हुन।

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा “ओके छ नी त ” हेर्नुहोस भिडियो

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank