नितेशको प्रतिभा प्रस्फुटन गर्न हङकङबाट आर्थिक सहयोग

शनिबार, जेष्ठ १२, २०७५

loading...


उर्लाबारी । नितेशको प्रतिभा प्रस्फुटन गर्न हङकङबाट आर्थिक सहयोग भएको छ । मोरङ मिक्लाजुङका नितेश राईलाई संगीत सिक्न मिक्लाजुङ घर भइ हाल हङकङमा बस्दै आएका ललित कुमार चेम्जोङले २० हजार सहयोग गरेका हुन् ।

उक्त रकम उनका बुबा पुण्यप्रसाद चेम्जोङले समाजसेवी पूर्ण वाईवा, पत्रकार किसोर श्रेष्ठ लगायतको उपस्थितीमा हस्तान्तरण गरेका हुन् ।
पहिलोपल्ट युवा मन नेपाल युटुव च्यानलले लिएको नितेशको अन्तार्वाताबाट प्रभावित भएर सहयोग गरेको चेम्जोङले बताए । लुकेको प्रतिभालाई आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न पाउँदा खुसी लागेको पनि उनले बताए ।

नवप्रतिभा नितेशलाई यसअघि पनि हङकङबाट २० हजार आर्थिक सहयोग जुटेको थियो । अशोकपछि नितेशलाई चर्चाका ल्याउन समाजसेवी पूर्ण वाईवा पत्रकारहरु किसोर श्रेष्ठ, विवेक हिङमाङ, खड्ग वेदना र महेन्द्र थेगित सक्रिय छन् । नितेशका लागी केही दिनभित्र नै गीत रेर्कडिङको कार्य भइरहेको समाजसेवी पूर्ण वाईवाले बताएका छन्

मिक्लाजुङ २ साखरे घर भएका नितेश राईको सफल गायक बन्ने लक्ष्य रहेको छ । १५ वर्षिय उनी स्थानीय विद्यालयमा १० कक्षामा पढ्दैछन् । आर्थिक अवस्था एकदमै नाजुक रहेका राईको स्वरमा भने जादु रहेको छ ।

चर्चित गायकहरुको जस्तोसुकै गीतहरु नी सहजै गाउनसक्ने उनको क्षमता उनको रहेको छ ।

93 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank