निरुता दिदी जस्तै हुन पाए हुन्थ्यो: उदाउँदाे कलाकार शुसिला श्रेष्ठ

बुधबार, पुस २, २०७६

loading...


काठमाडौं । पछिल्लो समय कलाकारिताको क्षेत्रमा नयाँ-नयाँ अनुहार आउने क्रम जारी रहेको छ । कलाकारितामा लामो समय सम्म टिक्न नसकेको पीडा कलाकारहरुसँग हुँदाहुँदै पनि यो दुनियाँमा नयाँ अनुहार आउने क्रम जारी रहेको छ । गीत संगितलाई अभिनय मार्फत पर्दामा उदाउने नयाँ अनुहार यो क्षेत्रमा एउटा उत्साह र उमंग पनि बेग्लै किसिमको रहेको बताउने गर्छन । कलाकारितामा उदाएकी काठमाडौंकी नेवार समुदायकी कलाकार हुन  शुसिला श्रेष्ठ ।  नेवारी फिल्मका  साथै थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी नायिका श्रेष्ठसँग कलाकारिताको बारेमा नेपालपाटी डटकमका भूपेन्द्र शाहले   गरेकाे छाेटाे कुराकानी

कलाकारिताको क्षेत्रमा कहिलेबाट पाइला टेक्नु भयाे ?

मलाई कलाकारिताको क्षेत्रमा पहिले देखिनै साेख थियाे ।  तर के कस्तो हुन्छ, केहि थाहा थिएन । मेराे फेसबुकमा एक जना फिल्म क्षेत्रकाे दाई हुनु हुन्थ्यो । उहाँ मसंग प्राय बोलिरहनु  हुन्थ्यो । दाईलाई पनि  निर्माता सनम कुमार श्रेष्ठ सरले काेहि नेवारी बाेल्न जान्ने बहिनी चिन्नु हुन्छ भने भन्नू भएको रहेछ  ।  मलाई दाईले फिल्म खेल्ने बिचार छ कि ? भनेर साेध्नु भयाे ।  मैले अवसर पाए त गर्थें भनेँ ।  यसरी मैले फिल्म क्षेत्रमा पाइला टेके ।

अभिनयमा लाग्न को बाट प्रेरणा पाउनु भयो ?

मलाई सानो देखि नै नेपाली फिल्मी  जगतकाे लाेकप्रिय नायिका निरुता दिदी एक दमै मन पर्थ्याे ।  म उहाँकाे फिल्महरु हेर्ने गर्दथे । टेलिभिजनमा दिदीकाे फिल्मी गित बज्ने वित्तिकै नाच्न थाल्थे। निरुता  दिदी जस्तै म नि हिराेइन बन्न पाए हुन्थ्याे जस्ताे लाग्दथ्याे । उहाँकाे अभिनय र फिल्मी क्षेत्रबाट म प्रभावित  हुँदै याे क्षेत्रमा प्रवेश गर्ने अवसर पनि पाएँ ।

कलाकारिताकाे क्षेत्रमा प्रवेश गर्दै गर्दा कस्ता समस्या झेल्नु भयाे ?

म फिल्मी क्षेत्रमा भर्खर प्रवेश गरेकी छु ।  यो क्षेत्रमा मेराे लामो अनुभव पनि छैन ।  मैले यो क्षेत्रलाई एउटा अवसरको रुपमा ग्रहण गरेकी छु । जोखिम त हरेक क्षेत्रमा हुन्छ नै । म सामना गर्न तयार छु । यो क्षेत्रमा लागिरहनु भएका दाई दिदीहरुको राम्रो सदभावले गर्दा मैले खासै समस्या झेल्नु परेको छैन ।

1

थुप्रै कलाकारहरु लामोसमय सम्म यो क्षेत्रमा टिक्दैनन ? समस्या के हो ?

यो क्षेत्रमा लागेका र लागिरहनु भएका अग्रजहरु प्राय यहि पेसाले बाँच्न नसकिने कुरा गर्नु हुन्छ ।  जीवन चलाउन कलाकारहरुलाई  उचित पारिश्रमिक त चाहिन्छ नै तर म यो पेसाबाट पैसा कमाउन लागेको हैन ।  मैले पनि साइडमा अर्काे काम गर्छु । बैदेशीक राेजगार क्षेत्रमा समेत काम गर्दै छु। यसबाट मैले आफूलाई  चाहिने पैसा प्राप्त गरिरहेकाे छु ।

कुनै स्टेजहरुमा जानु भएको छ कि छैन?

स्थानीय नेवारी क्षेत्रमा हुने कार्यक्रममा सहभागी भइरहेको हुन्छु । बाहिर कुनै स्टेजको अफर आएको छैन । बाहिर कुनै मौका पाएँ भने अबश्यै पनि जान्छु ।

भविष्यमा कलाकारिता नै गर्ने कि अरु केहि योजनामा हुनुहुन्छ ?

कलाकारिताले मात्रै जीवन चलाउन गाह्रो छ । यो मेरो सोख हो । अबसर पाए सम्म निरन्तरता दिइरहन्छु । जीवन चलाउनका लागि म बिजनेश गर्ने योजनामा छु । र  सोच्दै पनि छु ।

कलाकारिता क्षेत्रमा सुधार गर्न के गर्नु पर्ला ?

हाम्राे फिल्मी उधाेग  सानाे छ । यसको विकास र  समृद्धिका लागि हाम्रो टिम लागि परेको छ । पछिल्लो समय नेपाली फिल्मी जगतले विदेशी फिल्मसँग पनि प्रतिस्पर्धा गरिरहनु परेको छ । समग्रमा यो क्षेत्रमा सुधार गर्न कलाकारहरुको उचित पारिश्रमीक,बीमा, नयाँ अभिनयका कक्षाहरु अत्यन्तै आवश्यक देखिन्छ । हाम्रो मौलिकता झल्काउने खालका फिल्म निर्माणमा पनि  जोड दिन सके अझै राम्रो होला जस्तो लाग्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments