गीत संगितको काम गराउने कोहीकोही खराव छन्ः मोडल निरुता
शनिबार, जेष्ठ १९, २०७५

निरुता क्षेत्री मोडल र गायनलाई निरन्तरता दिदै आएकी छिन् । बर्दियाको बासगढ़ीमा जन्मिएकी निरुता हाल काठमाडौँको बसुन्धारामा बस्छिन् । एक दर्जन म्युजिक भिडियो र थुप्रै मेला– महोत्सवमा आफ्नो क्षमता देखाएकी निरुतासँग नेपालपाटी डटकमले गरेको कुराकानी ।
अहिलेसम्म कलाकारितामा के के गर्नुभयो ?
कलाकारितामा लागेको ३ वर्षजति भयो । १२ वटा भिडियो गरेँ । सय वटा जति कार्यक्रम गरे ।
सवैभन्दा सन्तुष्ट भएको भिडियो कुन हो ?
शिवजीको ब्रत।
त्यसमा के थियो त्यस्तो ?
मलाई खु:सी मिलेको थियो ।
भिडियो गर्दा सवैभन्दा चित्त दुखेको वा दुःख पाएको क्षण चाहिँ कुन ?
नाची देउ नाची देउको भिडियो गर्दा मलाई धम्की आएको थियो । कोही केटाको फोन थियो । नराम्रो बोल्यो । किन त्यस्तो ग¥यो थाहा भएन ।
के भन्यो र त्यस्तो ?
म बोल्न सक्दिनँ त्यस्तो शब्द ।
यो क्षेत्रमा चाहिँ कसरी लाग्नुभयो ?
यो क्षेत्रमा लाग्न जन्मेको हुँ जस्तो लाग्छ । सानैदेखि रुची थियो, त्यसैले लागेँ ।
नेपाली गीत संगित क्षेत्रमा समग्रमा कस्तो लाग्छ ?
राम्रो लागेर नै म यस क्षेत्रमा लागेको हुँ । नेपाली गीत संगितको क्षेत्र राम्रो छ तर काम गराउने कोही कोही खराव छन् ।
खराव भनेको कस्तो ?
शोषण गर्ने ।
कस्तो शोषण ?
शोषण गरेर अगाडि बढाउछु भन्ने । जस्तै मै छु, शोषणमा परेर आएको भए छिट्टै हिट हुन्थेँ । तर म त्यस्तो शोषणमा पर्न चाहिन त्यसैले दुःख र मिहेनतले यतिसम्म भएको छृु ।
तपाई कस्ता–कस्ता भिडियोमा अभिनय गर्न मन पराउनुहुन्छ ?
यही नै भन्ने छैन् । पाएसम्म सवै खालको भिडियोमा अभियन गर्छु ।
कतिसम्म ओपन हुन सक्नुहुन्छ ?
मलाई ओपन मै मन पराउनुहुदोँरहेछ यो क्षेत्रमा
गीत संगितमा माया प्रेमका कुरा धेरै हुन्छन, तपाईको विचारमा लभ के हो ?
लभ भनेको बन्धन हो । अर्डरमा हिर्नुपर्ने, हरेक कुराको डर मान्नुपर्ने ।
तपाईलाई सवैभन्दा मनपर्ने आफ्नै शरीरको अंग ?
आफ्नो शरीर कसलाई मन पर्दैन र ? आँखा झन् धेरै मनपर्छ ।
तपाईलाई सेक्सी लाग्ने हिरो को हो ?
राजेश हमाल ।
तपाईको विचारमा सेक्स चाहिँ के हो ?
सन्तान जन्माउने प्रक्रिया ।
बिहे अघिको सेक्सको विषयमा तपाईको धारणा के छ ?
त्यो त मान्छेमा भर पर्ने कुरा हो जस्ता लाग्छ । मन मिल्यो भने हुन्छ होला ।
फोर्न फिल्म पहिलो पटक कति वर्षको उमेरमा हेर्नुभयो ?
हामी सानो हुँदा यस्तो फिल्मको चलन थिएन ।
भनेपछि अहिलेसम्म त्यस्तो फिल्म हेर्नुभएको छैन ?
जमन फेरिएको छ । अहिले त नेटमा हेर्न सकिन्छ । यो खासै ठूलो कुरा होइन ।
तपाईको भविश्यको लक्ष्य के छ ?
यही क्षेत्रमा जीवन विताउने लक्ष्य छ ।
निरुताको भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments