चलचित्र निर्जलाको ‘भाले मोटर’ गीत सार्वजनिक (भिडियोसहित)

आइतवार, साउन २०, २०७५

loading...


काठमाडौँ । आगामी असोज १९ गतेबाट देशैभर रिलिज हुन गइरहेको नेपाली कथानक चलचित्र क्षेत्रकै भाले चलचित्र ‘निर्जला’ को भाले गीत ‘भाले मोटर’ भिडियो सार्वजनिक भएको छ ।

चलचित्र ‘निर्जला’ को भाले गीत ‘भाले मोटर’ भिडियो गीतलाई राजधानीकै एक विशेषस्थानमा चलचित्र निर्जलाका कलाकारहरुकासाथमा वरिष्ठ चलचित्रकर्मीहरुको उल्लेखनीय समुपस्थितिमा सार्बजनिक गरिएको हो ।

‘भाले मोटर’ को गीतमा सलिल सुन्दर तुलाधर र सबनम आचार्यले भाले रुपमै आफ्नो चोटिलो आवाज प्रहार गरेका छन् भने फिल्ममा मुख्य कलाकार किशोर खतिवडा, बहुचर्चित नायिका शुभेच्छा थापा र निक शर्माले निकै नै सान्दर्भिक र लोभलाग्दो अभिनय प्रस्तुत गरेका छन् ।

यस्तैगरी भाले फिल्म निर्जलामा भाले कलाकारहरुको नाम लिनुपर्दा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माको साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ, प्रेम पौडेल र बाल कलाकार सागर गिरी लगायतको अभिनय रहेको छ ।

बहुआयामिक नायिका शुभेच्छा थापाको कथा, राजु गिरीको निर्देशन र प्रकाश चन्द्र न्यौपानेको प्रस्तुतीमा निर्माण भएको यस चलचित्र निर्जलाका छायाँकार रवि कोइराला हुन् भने अशोक खड्काको द्धन्द्ध, कमल राई, क्रान्ति केसीको नृत्य निर्देशक र तारा थापा (किम्भे) को सम्पादन रहेको छ ।

गीत सार्वजनिक गरेसँगै फिल्म निर्माण यूनिटले गीतको कभर भिडियो प्रतियोगिताको आयोजना गर्ने समेत जनाएको छ । भिडियो प्रतियोगितामा सहभागी उत्कृष्ट प्रतियोगीलाई नगद रु. ५० हजार र द्धितीय हुनेलाई नगद रु. २० हजार प्रदान गरिने चलचित्र निर्देशक राजु गिरीले बताए ।

आलु मीठो तरकारी सिन्की अचार, बोटमै पाकेको कटर, भेट्न हतार, भाले मोटर जस्ता निखार ठेट नेपाली शब्दहरु र माया मिसाउनु नपाएर खहरिएका आतुर कलाकारको मिलनविन्दुमा लभ, कमेडी र एक्सन मिक्स स्टोरीले भरिएको चलचित्र निर्जलामा बाबुल गिरीको संगीत रहेको गीतमा बाबुल गिरी, दिनेश सुवेदी र राम रुवालीको शब्द रहेको छ ।

416 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank