सम्पत्तिलाई लिएर बलीवुड अभिनेत्री निरुपा रायका छोराहरुबीच झगडा

बिहिबार, पुस २७, २०७४

loading...


फिल्म ‘दीवार’ मा, अमिताभ र शशि कपूर को आमा बनेकी अभिनेत्री निरुपा राय का छोराहरु बीच सम्पत्तिलाई लिएर झगडा बढ्दै गएको छ ।

मालाबार पुलिस प्रहरी अधिकारीले एउटा अंग्रेजी वेबसाइटलाई बताए अनुसार निरुपा रायका सानो छोरो किरणले राति अबेर फोन गर्दै भने, ‘ दाई योगेशले नशामा मात्तिएर राति अवेर उनलाई र उनकी श्रीमतीलाई गालि गर्दै कुटपिट गरे। झ्यालको शिशा समेत फुटाइदिएका छन् ।’

किरणले आफ्नो दाई योगेश आफुहरु बसि रहेको स्थानमा पुगे । जहाँ उनी आफ्नो परिवारसंग बसिरहेका थिए । उनले झ्यालको शिशा मात्र फुटाएन कि, उनले गालिगलौज र दुव्र्यवहार समेत गरेको जिकिर गरेका छन् । किरणले भने, ‘योगेश होसमा समेत थिएनन्, उनले मेरी श्रीमतीलाई धक्का समेत दिए । यदी म बच्चा र श्रीमतीलाई लिएर कोठा बन्द गरेर नबसेको भए उनले अझ बढि नोक्शान पुर्याउँथे ।’

तर उनका दाईले किरणले लगाएको आरोपको झुट भएको बताएका छन् । उनले भने किरण(उनका भाई) ले उसलाई म्यासेज पठाएर चिढाउँछन् । योगेशले भने,‘किरणले पुरै घरमा बत्ति बालिरहन्छन् । किनकी उनलाई थाहा छ बत्तिको पैसा मैले तिर्ने गरेको छु ।’ योगेशले किरणकी श्रीमतीलाई धक्का दिएको कुरा झुट भएको पनि बताए ।

79 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!