निरजको ‘असारे झरीमा’ कृष्ण र हेमंताको रोमान्स (भिडियो सहित)

आइतवार, फाल्गुन ६, २०७४

loading...


सिड्नी अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका गायक निरज खरेलको ‘असारे झरीमा’ बोलको गीत बुढा सुब्बा डिजिटलको यूटुब च्यानल मार्फत रिलिज गरिएको छ ।

थंडरस्टोर्म रेकर्डसद्वारा प्रस्तुत गरिएको उक्त गीतमा कृष्ण मल्ल र हेमंता आचार्यले अभिनय गरेका छन् भने, छायांकन र निर्देशन सिड्नीमा धेरै वर्ष देखि नेपाली संगीतको उत्थानमा लागि परेका कलाकार किरण भण्डारीले गरेका छन् ।

गीतमा सब्द, संगीत, र गायन स्वयम् निरज खरेलकै रहेको छ । संगीत संयोजन संजिव बराइलीले गरेका छन् । ‘धेरै भो धेरै भो’ गीत गीत गाएर चर्चा कमाएका गायक निरज खरेलको उक्त गीतको ध्वनी मिश्रण नेपालकै ड्रिम्स रेकर्डिंग स्टुडियोका प्रकाश केसिले गरेका हुन् ।

205 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank