छिट्टै आउँदैछ निखिलको ‘पिंजडा ब्याक अगेन’को ट्रेलर

मङ्लबार, मंसिर ५, २०७४

loading...


काठमाण्डौ । हिमाल केसीको निर्देशनमा तयार भएको सिनेमा‘पिंजडा ब्याक अगेन’यतिबेला गीत संगीतका कारण चर्चामा छ । सिनेमामा समावेश दुईवटा गीत ‘कु कु कु’ र ‘तिमी नि आधा म पनिआधा’लाई दर्शकको अत्यधिक माया मिलेको छ ।

निखिल उप्रेती र सारा श्रीपाईलीको मुख्य भूमिका रहेको यस सिनेमाले माघ ४ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको छ । तर सिनेमाको ट्रेलर भने सार्वजनिक भईसकेको छैन । हालै मात्र हामी सँगको कुराकानीमा सिनेमाका निर्देशक हिमाल केसीले सिनेमाको ट्रेलर मंसिर २० देखि २५ सम्म सार्वजनिक गर्ने तयारीमा आफूहरु रहेको बताएका छन् । उनकाअनुसार सिनेमाको ७५ प्रतिशत काम सकिएको छ भने २५ प्रतिशत बाँकी छ ।

निखिल उप्रेतीको डेब्यु सिनेमा ‘पिंजडा’को सिक्वेल ‘पिंजडा ब्याक अगेन’पनि पिंजडा जस्तै एक्शन प्रदान सिनेमा बनेको जानकारी छ । यस सिनेमामा निखिल र साराका अलावा भोलाराज सापकोटा, कुशाग्र भट्टराई, पुकार भट्टराई, शुष्मिता केसी, ज्याक श्रेष्ठल गायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । सिनेमालाई रोहित पूरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्रीले सयुंक्त रुपमा निर्माण गरेकाहुन् भने सौरभ लामाले खिचेका हुन् । गफगाफ डटकमबाट

404 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank