निखिल नीताले भने, ‘दुनियाँको भर के’ (भिडियो सहित)

शनिबार, फाल्गुन २१, २०७३

loading...


चैत्र ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘निर्भय’ को नयाँ गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले गीत सार्वजनिक गरेको हो । युट्युवमा सार्वजनिक गीतमा लिड अभिनेता निखिल उप्रेती र अभिनेत्री नीता ढुङ्गाना फिचरिङमाा छन् ।

‘दुनियाँको भर के’ बोलको गीतमा स्वर शिव परियार र स्वेच्छा ठकुरीको छ । शब्द संगीत भने अर्जुन पोखरेलले भरेका छन् । रामजी लामिछानेले नृत्य निर्देशन गरेको गीतमा समावेश शब्दहरु झट्ट मनमा बस्ने खालमा छन् ।

मधुसुदन भट्टराई निर्देशित फिल्मका निर्माता देविप्रसाद पाण्डे हुन् । ुनिर्भयुमा विकास चापागाईं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल, रश्मी भट्ट समेत लिड अभिनयमा छन् । रामशरण उप्रेतीले फिल्म खिचेका हुन् ।

712 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank