आफ्नै मुर्ती उपहार पाउँदा निखिल दंग

बिहिबार, चैत्र २४, २०७३

loading...


काठमाडौँ । तपाइले यदि चलचित्र ‘राधे’को ट्रेलर हेर्नुभएको छ भने, त्यसमा कलाकार शिशिर भण्डारीले निखिलको मुर्ती ढालिदिएका छन् । निखिलको त्यो मुर्ती किन ढालियो भन्ने वुझ्न त चलचित्र नै हेर्नुपर्छ । तर, निखिलको सोहि मुर्ती बनाउने मुर्तीकारले उनलाई उपहार स्वरुप उनको अर्धकदको मुर्ती उपहार दिएका छन् ।

काठमाण्डौमा आयोजना भएको  पत्रकार सम्मेलनमा निखिललाई मुर्तीकार नविन सुवेदीले सधै सम्हालेर राख्नुहोस् भन्दै अर्धकदको मुर्ती उपहार दिएका थिए ।

वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको यो चलचित्रलाई जगदिश्वर थापाले लेखन तथा निर्देशन गरेका हुन् । पत्रकार सम्मेलनमा नायक निखिल उप्रेती, नायिका प्रियंका कार्कीको साथमा अन्य कलाकारहरु प्रमोद अग्रहरि, शिशिर भण्डारी उपस्थित थिए । नायिका अशिष्मा नकर्मी भने कार्यक्रममा उपस्थित हुन सकिनन् ।

सुशिल पोखरेलको कथामा निर्माण भएको यो चलचित्रले वेपत्ता पारिएको एक पात्रको कथालाई उठान गर्नेछ । कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले ‘राधे’ सबै नेपालीको कथा भएको बताए । उनले चलचित्रमा आफूले यसपटक अभिनय गर्ने कोशिश गरेको सुनाए । यस्तै, नायिका प्रियंका कार्कीले आफूलाई यो चलचित्रको प्रतिक्षा रहेको सुनाइन् ।
निर्माता सुशिल पोखरेलले यसपटक दर्शकले ‘राधे’मा निखिलको एक्सनस“गै एउटा फरक कथा हेर्न पाउने बताएका थिए ।

548 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank