विश्व सुन्दरी बनिन् जमैकाकी टोनी, अनुष्का श्रेष्ठले जितिन् ‘ब्यूटी विथ अ पर्पस’ अवार्ड

आइतवार, मंसिर २९, २०७६

loading...


काठमाडौं ।  मिस नेपाल अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड २०१९‘ मा ‘ब्यूटी विथ प्रपस’ अवार्ड हासिल गरेकी छिन् । यसअघि मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट ४० मा पुगेकी श्रेष्ठले बनाएको भिडियोले उक्त अवार्ड जित्न सफल भएको हो ।

अनुष्का मिस वर्ल्ड २०१९ को अन्तिम १२ सम्म पुग्न सफल भइन् । यस पटक मिस वर्ल्डको ताज भने जमैकाकी सुन्दरी टोनी-एन सिंहले पहिरिइन । फ्रान्सकी सुन्दरी ओफेली मेजिनो फर्स्ट रनर अप भइन भने भारतीय सुन्दरी सुमन राव सेकेन्ड रनर अप भइन ।

सम्बन्धित छवि

गएको वर्ष ‘मिस वर्ल्ड’प्रतियोगितामा नेपालीकी श्रृङ्खला खतिवडाले यी दुवै उपाधि जितेकी थिइन् ।

anuska shrestha and jamaikaको लागि तस्बिर परिणामशनिबार सम्पन्न  ‘मिस वर्ल्ड २०१९’ मिस वर्ल्ड पजेन्ट(Miss World pageant)को ६९ औं संस्करण हो। लण्डनमा आयोजित उक्त समारोहमा मेक्सिकोकी भेनेसा पोन्से(मिस वर्ल्ड-२०१८) ले प्रतियोगिताको अन्त्यमा आफ्नो उत्तराधिकारी अर्थात् जमैका टोनी-एन सिंहलाई मुकुट पहिराएकी थिइन् । यो जमैकाको चौथो मिस वर्ल्ड उपाधि हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments