नेपाली माइकल ‘रेवन’काे सपना

शुक्रबार, साउन १७, २०७६

loading...


काठमाडौं । मान्छेहरुका आ आफ्नै इच्छा र चाहानाहरु हुने गर्छन । कतिपय मानिसहरु आफ्नो क्षमतालाई नचिनेर नै क्षमता प्रस्फुटन गर्न पाउँदैनन भने कतिपय व्यक्तिहरु आफ्नो क्षमतालाई चिनेर बाहिर ल्याउने गर्छन ।

नेपाली सांगितिक र नृत्यमा नयाँ नयाँ आयामहरुको जन्म भइरहेको छ । पछिल्लो समय नेपाली बजारमा रिमिक्स, र्याप र विदेशी गित संगीत मात्र हैन त्यहि किसिमका म्युजिक तथा नृत्यको आगमन भइरहेको छ । त्यस्तै फरक क्षमताका साथ आफूलाई नेपाली माइकल ज्याक्सनको नाम दिदैं रप पप डान्सबाट अघि बढेका दाेलखा जिल्लाकाे भिमेश्वर नपा-८ का रेवन सापकाेटासँग नेपालपाटी  डटकमका भूपेन्द्र शाहले गरेकाे कुराकानी
तपाई अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले म सामान्य म्युजिक र डान्सको कार्यक्रममा व्यस्त छु । यसको अलाबा होलसेलबाट सामान खरिद गरि पसलपसलमा लगेर बेच्ने गर्छु ।
तपाई आफूलाई माइकल ज्याक्सन भन्नकिन रुचाउनु हुन्छ ?
मलाइ लाग्छ म माइकल ज्याक्सन जस्तै डान्स गर्ने गर्छु । प्रायजसाे कार्यक्रममा जाँदा मेरो रप पप  डान्स देखेर नै दर्शकहरुले मलाई नेपाली माइकल ज्याक्सन भन्ने गर्छन । दर्शककै रोजाइका कारण म आफूलाई माइकल ज्याक्सन भन्ने गर्छु  ।
तपाई डान्सको दुनियाँमा कसरी आउनु भयो ?
मलाई बच्चा देखी नै डान्स प्रति रुची थियो । तैपनी म सामान्य अपाङ्ग भएको कारणले गर्दा मैले कुनै पनि प्लेट फर्म पाइन । तर भगवानले मलाई एउटा बाटो देखाइदिनु भयो । मलाई प्रेमपूर्ण प्रताप फाउण्डेसनका संञ्चालक पद्मा प्रधान जो हाल अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । उहाँको सहयोगको कारण मेरो क्षमता दर्शकसामू ल्याएर आफूलाई परिचित गरिरहेको छु ।
दर्शकहरुबाट तपाईले कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?
दर्शकहरुले मलाई मन पराइदिनुहुन्छ । तपाई भित्रको क्षमता देखेर खुसी छौं । निरन्तरता दिनुहोला भन्नु हुन्छ । तर म मेरो आर्थिक अवस्था नाजुक भएका कारण दर्शकहरुले भने जस्तो गर्न पाइरहेको छैन ।
तपाईले रप पप डान्स नै किन रोज्नु भयो ?
नेपाली बजारमा धेरै खाले म्युजिकहरु बन्ने गरे पनि अन्तराष्ट्रिय बजारमा नेपाली म्युजिक डान्सले प्रतिस्पर्धा गर्न सकिरहेको छैन । नेपाली म्युजिक नेपालमा जतिसुकै चले पनि यो नेपाली बजार भन्दा बाहिर जान सकिरहेको छ जस्ताे मलाइ लाग्दैन । त्यस कारण म मेरो क्षमतालाई स्वदेशमा मात्र हैन विदेशमा समेत चिनाउने उद्धेश्यले यो क्षेत्र रोजेको हुँ ।
तपाईले रप पप कहाँ सिक्नु भयो ?

मैले आज भन्दा नौ वर्ष अघि साथीको घरमा माइकल ज्याक्सनको डान्स डिभिडि मार्फत देख्ने अवसर पाएको थिए । मलाई उनको डान्सले मन छोयो । ततपश्चात  मैले पनि केहि गर्न सक्छु भन्ने मनमा लिदै  राती राती बारीको पाटामो प्राटिक्स गर्दै जाँन थाले । पहिलाे पटक प्रेमपूर्ण प्रताप फाउण्डेसनकाे कार्यक्रममा मेराे प्रतिभा देखाउने अवसर पाएँ । जसमा मैले १० हजार रकम प्राप्त उहाँहरुबाट प्राप्त गरे ।

तपाईलाई राज्यले के गर्न पाए भन्ने लाग्छ ?
राज्यले नेपाली सांगितिक क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनानु सहयोग गरेदेखी म पनि यस क्षेत्रमा अग्रसर भएर लाग्नका लागि राज्यले सहयोग गरिदिन पाएँ म भित्रको क्षमताले नेपालको नाम चिनाउन सक्छु भन्ने लाग्छ । तर नेपालमा पहुँचका भरमा क्षमता नभएकाहरु पर्दामा आइरहेका छन । प्रतिभा भएकाहरु पर्दा पछाडी बस्नु परेको बाध्यता छ । राज्यले वास्तविक क्षमता चिनेर कदर गर्न सकोस ।

हेर्नुहाेस रेवनकाे क्षमता

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata