विष्णु माझी र तेजस रेग्मीको नयाँ गीत ‘पिँडालु’ चर्चाको शिखरमा

मङ्लबार, चैत्र २६, २०७५

loading...


काठमाडौं । एक समय नेपथ्यमा रहेको  लोकदोहोरी गीत पछिल्लो समय पुन:  दर्शकको मन जित्न सफल हुँदै आएको छ ।

कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको आवाज रहेको ‘सालको पात टपरी’ले ३ करोडमाथि भ्यु कटाईसकेको छ । त्यस्तै, अर्काे गीत ‘लालु मै’ ले पनि करोड माथि भ्युअर्स  प्राप्त गरेको छ । एकपछि अर्काे लोकगीतको रार्मो बजार बनिरहेको यो समयमा विष्णु माझी र तेजस रेग्मीको आवाजमा नयाँ गीत ‘पिँडालु’ सार्वजनिक भएसँगै गीतलाई खुब मन पराइएको छन् ।

गीतमा लय तथा शब्द तेजस  रेग्मीको नै  रेहको छ । इनाक्षी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा गायक कुलेन्द्र विश्वकर्मा, तेजस रेग्मी र रक्षा श्रेष्ठले अभिनय देख्न सकिन्छ । शिव विक निर्देशित सो गीतको भिडियोमा दिपक सापकोटा, शशिधर कँडेल र केशव शर्मा ‘गेस्ट आर्टिस्टस्’को रुपमा  देखिएका छन्  । त्यस्तै रामेश्वर कार्कीले खिचेको सो भिडियो सुजन साहीले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो,

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank