लन्डनको फेस अफ द वल्र्डमा नेपाल पनि सहभागि हुने

सोमवार, पुस २५, २०७३

loading...


काठमाडौं । लन्डनमा आयोजना हुने महिला तथा पुरुष मोडलहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘फेस अफ द वल्र्ड–२०१७’ मा नेपालले पनि औपचारिक रुपमा प्रवेश पाउने भएको छ । आइतबार काठमाडौंमा फेस अफ द वल्र्ड नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जुलाई १५ मा लन्डनमा सम्पन्न हुने फेस अफ द वल्र्ड—२०१७ का लागि नेपाली प्रतिनिधि छनोट गर्ने प्रतियोगिताको घोषणा गरिएको हो ।

फेस अफ द वल्र्ड नेपालका निर्देशक पियुस कर्णका अनुसार जुलाईमा सम्पन्न हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने प्रतियोगिताको छनोटका लागि जनवरी अन्तिम साता काठमाडौंमा ‘फेस अफ द वल्र्ड नेपाल–२०१७’ आयोजना गरिने छ । त्यसका लागि आयोजक संस्थाले झापा, जनकपुर, वीरगञ्ज तथा काठमाडौंमा प्रारम्भिक चरणको अडिसन सम्पन्न गरिसकेको छ ।
उक्त अडिसनबाट १४ जना पुरुष तथा ७ जना महिला प्रतिस्पर्धीहरु छनोट भैसकेका छन् । निर्णायक प्रतियोगितमा २५ जना महिला तथा २५ जना पुरुषलाई सहभागि गराउने आयोजक संस्थाको लक्ष्य छ ।

‘हामी यतिबेला अनलाईनबाट समेत अडिसन लिइरहेका छौं, संस्थाका नेपाल निर्देशक कर्ण भन्छन्—‘आउ“दो शुक्रवारसम्म अडिसन गरेर शनिवारदेखि २५ जना महिला तथा २५ जना पुरुष छनोट गरेपछि उनीहरुलाई ग्रुमिङ कक्ष्ाँमा सहभागि गराइने छ ।’

कर्ण आफ्नै व्यक्तिगत पहलमा वर्ष २०१६ मा लन्डनमै सम्पन्न फेस अफ द वल्र्ड—२०१६ मा सहभागिता जनाएर सेकेण्ड रनर्स अप तथा रन वे मोडलको उपाधि जित्न सफल भएका थिए । उपाधि जितेलगत्तै कर्णले उक्त प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न आयोजक संस्थाको फ्रेन्चाइसका लागि पहल गरेका थिए ।

उक्त संस्थाले नेपालमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेर नेपालकै प्रतिनिधित्व गर्ने एक जना विजेतालाई सहभागिताको मार्ग प्रसस्त गरेपछि फेस अफ द वल्र्ड नेपाल संस्था स्थापना गरिएको हो ।

फेस अफ द वल्र्ड नेपालमा सहभागिता जनाउने प्रतियोगिहरु अविवाहित हुनु पर्ने, पुरुषको उचाइ कम्तीमा पाँच फिट तीन ईन्च तथा महिलाको पाँच फिट ३ ईन्च हुनु पर्ने नियम बनाइएको छ ।

चलचित्र ‘गाँठो’ की नायिका नम्रता श्रेष्ठले प्रतियोगिहरुलाई करिव तीन साता लामो प्रशिक्षण दिने छिन् । निर्णायक प्रतियोगितामा फेस अफ द वल्र्ड यूकेका प्रतिनिधीका साथै अन्तर्राष्ट्रिय मोडलहरु निर्णायकको रुपमा सहभागि हुने फेस अफ द वल्र्ड नेपालका नेपाल निर्देशक पियुस कर्णले स्पष्ट पारेका छन् ।

318 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv