नेहा कक्कड़को अर्को भाइरल भिडियो

सोमवार, बैशाख १६, २०७६

loading...


एजेन्सी । बलिवुडकी मशहुर गायीका नेहा कक्कड़को क्रेज बलिवुडमा बढ्दो छ ।  गायकीको अलावा कमेडी तथा डान्सको लागि पनि चर्चित उनका नेपालमा पनि उत्तिकै फ्लोवर्सहरु छन् । उनको पछिल्लो भिडियोहरु सोसियल मिडियामा भाइरल हुँदै आएका छन् । उनको अनुहारको भावभङ्गी, परेला, आँखाको इशारा लगायतका हाउभाउको दिवाना हरकोही बनिरहेको छ ।

यस्तैमा कक्कड़को एउटा अर्को भिडियो यतिखेर  भाइरल भइरहेको छ । उनले केहि समय पहिले आफ्नो इन्टास्ग्राममा अप्लोड गरेकी भिडियो भाइरल भइरहेको हो । ‘कमेडी  एक्ट’ गरिएको सो भिडियोमा उनी मुख बिगारेर बेग्लै अन्दाजको आवाज निकालिरहेकी छिन् ।

सो भिडियोलाई ‘क्युट भिडियो’ भन्दै फ्लोवर्स दिवाना भएका छन् । नेहाको यो भिडियोमा ४१ लाख १२ हजार भ्यु पुगिसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank