नेहा कक्कड ‘चुम्बन विवाद’ : विशाल ददलानीले भने, ‘म पुलिस बोलाउन चाहन्थेँ ।’

मङ्लबार, कार्तिक ५, २०७६

loading...


एजेन्सी ।  भारतीय चर्चित गायन रियालिटी सो इन्डियन आइडलको एक भिडियो सार्वजनिक भएसँगै त्यसको चर्चा यत्र, तत्र सर्वत्र चलेको छ । उक्त भिडियोमा एक प्रतियोगीले जज नेहा कक्कडलाई चुम्बन गरिरहेको देख्न सकिन्छ ।

यो भिडियो सोनी टिभीको आधिकारिक ट्वीटर अकाउन्टमा सेयर गरिएको छ । भिडियोमा देखिए अनुसार एक प्रतियोगी थुप्रै उपहार लिएर स्टेजमा पुग्छन् । उनी एकएक गरेर सबै उपहार नेहालाई दिन्छन् । उपहार लिएपछि नेहाले उनलाई अँगालो हाल्छिन् र ती प्रतियोगीले उनको गालामा चुम्बन गर्छन् । त्यसपछि नेहा आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भाग्छिन् । यो घटनापछि त्यहाँ उपस्थित सबैजना अचम्मित हुन्छन् ।

केही दिनअघि अडिसन दिन पुगेका एक प्रतियोगीले नेहालाई गालामा चुम्बन गरेका थिए । नेहाबाहेक विशाल ददलानी र अनु मलिक पनि जजको रुपमा उक्त कार्यक्रमसँग जोडिएका छन् । एकातर्फ यो मामलामा धेरैले रिस व्यक्त गरिरहेका छन् भने कतिले यसलाई टिआरपी पाउनका लागि पब्लिसिटी स्टन्ट बताइरहेका छन् ।

इन्डियन आइडल- ११ को अडिशनमा एक प्रतियोगीले नेहा कक्कडलाई जबरजस्ती चुम्बन गरेको मामलामा विशाल ददलानीले प्रतिक्रिया दिएका छन् । विशालले ट्वीटरमा आफूले पुलिसलाई बोलाउन चाहेको तर नेहाले ती व्यक्तिलाई जान दिएको बताइन् ।

ट्वीटरमा एक प्रयोगकर्ताले विशाल ददलानीलाई प्रश्न सोधे, ‘सर ती व्यक्तिलाई यति सजिलै जान दिन हुँदैनथ्यो । ’ यसमा विशालले जवाफ दिए, ‘म पुलिस बोलाइयोस् भन्ने चाहन्थेँ तर नेहाले उसलाई जान दिइन् । ती पुरुषलाई मानसिक उपचारको खाँचो छ, हामी उसलाई यसमा मद्दत गर्नेछौं ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata