राष्ट्रिय कलाकारहरु जुटे कालापानी बचाउन

आइतवार, मंसिर ८, २०७६

loading...


काठमाडौं । भारतीय अतिक्रमण र हस्तक्षेपका विरुद्धमा राष्ट्रिय कलाकारहरुले देशभत्तिले भरिपूर्ण भएकाे  गित ल्याएका छन ।  नेपालका चर्चित सिनेमा कलाकारहरुको अभिनय रहेको राष्ट्रवादी गितले कालापानी हाम्रै हो। सुस्ता पनी हाम्रै हो भन्ने ओझपूर्ण शब्द मार्फत सचेतना दिएका छन ।  भारत सरकारले जारी गरेको नयाँ नक्सा विरुद्ध कलाकारहरुले सिमानामा हाम्रो माटो मिच्न नखोज, छिमेकीलाई जथाभावी थिच्न नखोज लिम्पियाधुरा, लिपुलेक कालापानी माथि तिम्रो दुष्ट पाइला अब टेक्न नखोज भन्दै चेतावनी दिएका छन ।

ज्ञानेन्द्र गदालकाे गीतमा संगित चेतन सापकोटाले दिएका छन भने, स्वर एम बराल, रिता गुरागाईको रहेको छ ।  राष्ट्रीय कलाकारहरु  निर शाह, भुवन चन्द ,शम्भुजीत बास्कोटा,कोमल ओली,मणि थापा,शुबोध सापकोटा ,बसुन्धरा भुसाल, किरण केसी ,मोहन नीरौला,प्रेमराजा महत अर्जुनजंग शाही,सुभाष गजुरेल,नन्दकृष्ण जोशी, शिवहरी पौड्ल,शैलेन्द्र सिखडा, निर्मल शर्मा, रमेश खरेल, आकाश अधिकारी, सुनील कटुवाल, कृष्ण ढुगाना, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, दिपकराज गिरी  र दिपाश्री नीरौलाकाे अभिनय रहेकाे छ ।   मदन कस्यप धिमीरेले छायंकन गरेकाे उक्त राष्ट्रवादी गीतमा समूह गायन चेतन,युवराज वाईवा , पबित्रा लक्ष्मी ओम राईकाे रहेकाे छ ।

हेर्नुहाेस यस्ताे छ राष्ट्रिय कलाकारहरुकाे अभिनित गीत

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments