नातिकाजी राष्ट्रिय संगित पुरस्कार ओली र राईलाई

मङ्लबार, पुस ४, २०७४

loading...


काठमाडौं । नातिकाजी राष्ट्रिय संगित पुरस्कार गायिका कोमल ओली र गायक राजेश पायल राईलाई प्रदान गरिने भएको छ । नातिकाजी स्मृती प्रष्ठिानको आजको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै प्रष्ठिानले संगितकार नारायण ओलीलाई पुरस्कृत गर्ने भएको छ । त्यस्तै नातिकाजी विशेष सम्मानबाट वरिष्ठ गायक एलपि जोशी तथा विदेशमा रहि नेपाली गीत संगित लाई सेवा गरे बापत प्रेमराजा महतलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै नातिकाजी प्रतिभा पुरस्कार गायक प्रमोद खरेल र गायिका मिना निरौलालाई प्रदान गरिने भएको छ । पुरस्कार यही पुस महिना भित्रमा राष्ट्रपतिले प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।

243 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank