‘जो पनि, जस्तो पनि मोडल रे!’

शनिबार, माघ ६, २०७४

loading...


म्युजिक भिडियोबाट नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेकी मोडल नैना राना अहिले फिल्म फुर्केमा नायिकाको रुपमा देखिएकी छिन् । दुई वर्षदेखि कला क्षेत्रमा भविश्य खोजिरहेकी रानासँग नेपालपाटी डटकमले गरेको कुराकानीः

कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
आत्मियता एल्वममा समावेश ‘तिमीबाट टाढा हुँदा’ म्युजिक भिडियोबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेको हुँ । पछिल्लो समय ‘फुर्के’ फिल्ममा अभिनय गरेँ । यो मुभी केही समयमै रिजिल हुँदैछ ।

महिला कलाकारलाई गाह्रो छ भन्छन नि ?
काम त कसैलाई पनि सजिलो हुँदैन । मिहेनत गर्नुपर्छु, पछि आफैँ सजिलो हुन्छ जस्तो लाग्छ ।

naina rana 1

कला क्षेत्रको राम्रो पक्ष के हो भन्ने लाग्छ ?
कलाकारितामार्फत सवैले चिन्छन् । समाजमा भइरहेका घटनाहरुलाई कलाको मार्फतबाट उजागर गर्न पाइन्छ । मान्छे मरेर गएपनि उसको कला कहिल्यै मर्दैन ।

नराम्रो पक्ष के लाग्छ ?
जस्तो पायो त्यस्तै । जो पनि मोडल रे ! त्यस्तो नराम्रो लाग्छ । म पनि राम्रो त छैन, तरपनि जो पनि मोडल, जस्तो पनि मोडलले गर्दा समस्या भएको छ ।

घरपरिवारको सपोर्ट छ कि छैन् ?
जति चाहिएको हो, त्यतिनै सपोर्ट गर्नुहुन्छ ।

यस क्षेत्रमा लागेपछि सवैभन्दा खुशी भएको क्षण कुन हो ?
मुभीको सुटिङमा ।

सवैभन्दा दुःखी कहिले हुनुभयो ?
सुटिङको लागि बिहानै उठ्नुपर्दा ।

तपाईलाई सवैभन्दा मनपर्ने कलाकार को हो ?
चर्चामा रहेका प्रायः सवै कलाकार नै राम्रो लाग्छ ।

कला क्षेत्रमा मायाप्रेमका कुरा धेरै हुन्छन किन होला ?
खोई ! त्यो त थाहा भएन ।

naina rana 2

तपाईको विचारमा लभ के हो ?
लभ आमा, बुबा, दाजुभाई, दिदीबहिनी सवैमा हुन्छ । लभ भनेको मीठो साथ हो जस्तो लाग्छ ।

विबाह कहिले गर्ने सोच छ ?
अहिले सोचेको छैन । आफ्नो लागि सोच्ने मान्छे भेटियो भने सोच्नुपर्ला ।

अन्त्यमा ?
क्रमिक रुपमा अगाडि बढ्दैछु । हजुरहरुको माया र साथको अपेक्षा छ । मेरो मुभी फुर्के चल्दैछ, हेरिदिनुहोला ।

1071 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank