कोमल वली विशेष लाग्छः गायिका नविना

बिहिबार, चैत्र १५, २०७४

loading...


गायिका नविना घिसिङ सात वर्षदेखि गायन क्षेत्रमा क्रियाशील छिन् । लोकदोहोरी क्षेत्रमा संघर्षरत घिसिङलाई घरपरिवारको पूर्णसाथ छ । सोहीकारण उनले आफ्नै एल्वमका साथै अन्य थुप्रै गीतमा स्वर दिएकी छिन् । गायिका घिसिङसँग नेपालपाटी डटकमले गरेको कुराकानीको सम्पादित अंश ।
nabina ghising गायिका कोमल वली विशेष लाग्छः गायिका नविना घिसिङगायन क्षेत्रमा कसरी लाग्नुभयो ?
सानैदेखि गाउन मन पथ्र्यो । गाउँमा जन्मेको हुनाले सानोमा लोकदोहोरी गीत धेरै सुन्थेँ । त्यसले मलाई लोकदोहोरी क्षेत्रमा अगाडि बढ्न सहयोग पु¥यायो । नेपाली संस्कृति झल्काउने लोकदोहोरी गीत गाइरहेकी छु ।

तपाईको पहिलो एल्वम कुन हो ?
मेरो पहिलो एल्वम ‘सुपारी कुटुक्कै’ हो । जुन गीतमा लय, शब्द मनोजसिंह धामीको रहेको छ । मलाई स्वरमा मनोजले साथ दिनुभएको छ ।

सवैभन्दा बढी चर्चा कमाएको तपाईको गीत कुन हो ?
मैले गाएका गीतहरू मध्ये झम्के साँझले धेरै चर्चा कमायो । उक्त गीतमा रञ्जित परियारको लय, शब्द रहेको छ । रञ्जित र मैले स्वर दिएका छौँ ।

कलाकारिता क्षेत्रमा सवैभन्दा बढी सहयोग को बाट पाउनुभएको छ ?
सवैभन्दा बढी सहयोग मेरा आमाबुबा र बहिनीहरूबाट पाएको छु । उहाँहरूको सहयोगले नै म आज गायिकाको रुपमा चिनिएको छु ।

अव कुन गीतको तयारीमा हुनुहुन्छ ?
छिट्टै सेलो गीत बजारमा ल्याउने तयारीमा छु ।

तपाईको सवैभन्दा बढी मनपर्ने गायिका को हो ?
मलाई कोमल वली दिदी विशेष लाग्छ ।

तपाई लक्ष्य के छ ?
सफल गायिका बन्ने लक्ष्य छ । हेरौँ समयले कतिको साथ दिन्छ ।

गीत संगितमै लागेर जीवन चलाउन सम्भव छ ?
अहिले अवस्थामा हेर्दा गीत गाएर मात्रै जीवन चलाउन गाह्रो छ । आशा गरौँ, गीत गाएरै जीवन धान्ने दिन अवश्य आउनेछ ।

तपाईको विचारमा लभ के हो ?
लभ त हामीले प्रायः सवैलाई नै गरेका हुन्छौँ । घरपरिवार, आफन्त, सहकर्मी, दर्शक÷स्रोता सवैको मायाले नै कलाकार अगाडि बढेको हुन्छ ।

विशेष लभमा चाहिँ हुनुहुन्छ कि हुनुहुन्न ?
आजसम्म म त्यस्तो विशेष लभमा छैन् ।

तपाईको विचारमा सेक्स के हो ?
सेक्स प्रकृतिको नियम हो ।

अन्त्यमा ?
मेरा कुरा राख्ने मौका दिनुभएकोमा नेपालपाटी डटकम परिवारलाई धन्यवाद । मलाई माया गर्ने दर्शक÷स्रोताप्रति आभार छु । मेरा गीतहरू सुनेर प्रतिक्रिया दिनुहोला भन्न चाहन्छु ।

613 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank