नारायणगढमा मेगा म्युजिक साँझ (वल्ड इज गोल्ड)’ हुँदै

मङ्लबार, जेष्ठ २९, २०७५

loading...


काठमाडौँ । रोटरी क्लव अफ नारायणगढको आयोजनामा ‘मेगा म्युजिकल कन्सर्ट हुने भएको छ । आगामी असार २ गते नेपाली पप संगीतका हस्तीहरू आफ्नो सदाबहार सुपर हिट गीतहरू लिएर नारायणगढ पुग्नेछन् ।

आयोजकले विशुद्ध च्यारिटी शो कार्यक्रम रहेको र कार्यक्रमबाट संकलित रक़म चेपांङ समुहको स्वास्थ्य र शिक्षाको लागि खर्च गरिने बताएको छ ।

साधारणतया प्राय कन्सर्टहरू कमर्सियल हुने र आफ्नो प्रस्तुति बापत पारिश्रमिक लिइने भएपनि यस कार्यक्रममा भने आफ्नो प्रस्तुतिबाट आएको पारिश्रमिक चेपाङ समुहको स्वास्थ्य र शिक्षाको निम्ति सहयोग गरिने खुःसी लागेको कलाकारहरूले बताएको आयोजकले जनाएको छ ।
सेन्ट्रल पाल्म होटलमा साँझ ५ बजे कार्यक्रम सुरु हुनेछ ।

आयोजकका अनुसार निम्न कलाकारले प्रस्तुती दिनेछन्:

१. हरिश माथेमा

२. बबिन प्रधान

३. संजय श्रेष्ठ

४. भिम तुलाधर

५. जेम्स प्रधान

६. सचिन रौनियार

७. ज्योति घिमिरे

८. कबिन्द्र श्रेष्ठ ( स्काई ब्यान्ड )

९. पुन्यम प्रधान

१०. रबिन महर्जन

११. बिश्व प्रधान

१२ . उदेश श्रेष्ठ को साथै ” क्रस रोड ” ब्यान्ड

 

313 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank