गायक प्रमोद राज न्यौपाने को नयाँ म्युजिक भिडीयो सार्वजनिक

मङ्लबार, साउन १, २०७५

loading...


बेलायत।

गायक प्रमोद राज न्यौपाने को नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । दुई बर्ष अघी प्रकाशित उन्को एल्बम ‘मेरो घरको छानो’ मा संग्रहित ‘भेट भयो तिमी सँग ।।’ बोलको रोमान्टिक मेलोडियस गीत मा भिडीयो बनेको हो ।

आधुनिक र गजल को मिश्रित शैलीमा बनेको यस् गीत मा गायक प्रमोद राज सँग गायिका निशा देसार ले माइक सेयर गरेकी छिन। गीतमा युरान को शब्द रचना मा सागर किनार ले संगीत भरेका छन भने संगीत सम्योजन राजन इशान को रहेको छ ।

बिगत ९ बर्ष देखी बेलायत बस्दै आएका गायक प्रमोद राज को गत बर्ष सार्बजिक पप शैली को गीत ‘रहे सम्म’ पछी बेलायत मै छायांकन भएको यो दोस्रो भिडियो हो । त्यस अघी उनले नेपालमा बनेको भुसण दाहाल निर्देशित भिडीयो बजार मा ल्याएका थिए ।

भिडीयो मा नेपालकै झझल्को दिने यु के को पहाडी क्षेत्र वेल्स का सुन्दर दृश्य हरुमा मनोज मेहता र रोशना कार्की को रोमान्स देख्न सकिने छ ।

रोशना ले प्रमोदकै एस अघी सार्वजनिक गीत ‘रहे सम्म ’ बाट म्युजिक भिडिओ मा डेब्यु गरेकी थीइन भने लन्डनमा एक सफल ब्यबसायी को परिचय बनाएका मनोज को भने यो पहिलो भिडीयो हो । प्रभु गुरुङ को कोरियोग्राफि मा लन्डनमा तयार भएको यस् भिडीयो को छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठ ले गरेका छन।

171 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank