भिम ज्वलन्त र मुना थापा मगरको ‘मन्दिर भाकी फुल चढाउछु’ (भिडियो सहित)

बुधबार, माघ २४, २०७४

loading...


काठमाडौं । लोकदोहोरी गायक भिम ज्वलन्त योगी र मुना थापाको सुमधुर आवाजमा केएस आर म्युजिक मार्फत “मन्दिर भाकि फुल चढाउछु” गीत बजारमा ल्याएका छन् ।

यस गीतमा छोटो समयमा चर्चाको शिखरमा पुगेका गायक भिम र मुनाको प्रेम सम्वादलाई यथार्थ रुपमा समेटने प्रयास गरिएको छ । अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ भन्ने युवा जमात धेरै देखिन्छ, तर जिवनमा साथ र सहयोग गर्ने बाचा गरिएपनि रुहाउने मानिसको जमात अत्याधिक नै रहेको छ ।

गितको अडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको हो भने भिडियोलाई के एस आर म्युजिकले बजारमा ल्याएको छ । भिडियोमा भुवन मगर र जमुन सुनवारको अभिनय रहेको छ । भिडियोलाई प्रकाश बस्नेतले निर्देशन गरेका हुन् भने छायांकन र सम्पादन निरज भुसालले गरेका छन् ।

245 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank