काजिशले खै के के भने ‘मनपरेको शुरमा’ करिष्मा र सवुलाई (भिडियो सहित)

शनिबार, चैत्र २४, २०७४

loading...


काठमाडौं । पछयौरी म्युजिक प्रालीको प्र्रस्तुतिमा युवा गायक कृष्ण लामिछानेको पहिलो लोकदोहोरी ‘मन परेको सुरमा’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ ।

नयाँ पुस्ता मा राम्रो आवाज भएका गायक कृष्ण लामिछाने र गायिका मुना थापा मगरको आवाजमा सजिएको गीत बजारमा आएको हो । युवा युवतीको जन–जिब्रोमा निस्कने माया प्रेमका चोटिला भावहरु गीतमा रहेका छन ।

‘ मनपरेको सुरमा’ गीतलाई गायक श्यामकृष्ण लामिछानेले शब्द तथा संगित संयोजन गरेका छन् । उक्त गीतलाई शनिवार देखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा काजिश श्रेष्ठ , करिष्मा ढकाल, सवु खनाल लगायतले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियो लाई भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन ।

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank