शिवको गीतमा सरोज र सिर्जनाको रोमान्स, यस्तो छ ‘प्रियसी आई लभ यु’ (भिडियो सहित )

बिहिबार, पुस २०, २०७४

loading...


काठमाडौं । शिव राजा र बिष्णु बुढथोकीको आवाजमा रहेको गज्जबको गीत ‘प्रियसी आई लभ यु’ सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक गरिएको गीतमा प्रेम र प्रेमिल जोडीहरुको भावलाई देखाइएको छ ।

शिवराजाकै शब्दरचनामा बनेको गीतमा चेतन राज कार्कीको संगीत रहेको छ । राजधानीका बिभिन्न स्थानहरुमा छायांकन गरिएको गीतको भिडियो एकदमै सुन्दर बनेको छ ।

प्रविण भट्टको निर्देशनमा बनेको गीतको भिडियोमा सरोज दहाल र सिर्जना श्रेत्रीको अभिनय रहेको छ । गोकुल अधिकारीको छायांकन रहेको ‘आई लभ यु’बोलको गीतलाई निर्देशक भट्टले नै सम्पादन गरेका छन् । युवा पुस्ताको कथाबस्तु समेटिएको गीतलाई दर्शकहरुले रुचाउनेमा गीतको निर्माण पक्ष विश्वस्त छ ।

284 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank