गायक प्रकाश ढकाल र गायिका श्रीदेवी देवकोटाको ‘बरको छाँयाले’ (भिडियो सहित)

आइतवार, चैत्र ४, २०७४

loading...


काठमाडौं । नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक प्रकाश ढकाल र गायिका श्रीदेवी देवकोटाको सुमधुर आवाजले सजिएको कमेडी गीत “बरको छायाले” भर्खरै सार्वजनिक भएको छ ।

गायक प्रकाशले अन्य माया प्रितिका गीतहरु बजारमा ल्याईरहंदा कमेडी गीत बजारमा आउनुलाई आम दर्शक तथा श्रोताले गायकलाई निकै रुचाएका छन् । गीतमा शब्द तथा संगित प्रकाश ढकालको रहेको छ ।

भिडियोमा चर्चित मोडल तथा निर्देशक काजिश श्रेष्ठ र करिष्मा ढकाल र सरापे को अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको भिडियोलाई छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् ।

दिपक विष्टको सम्पादन रहेको गीतको अडियो तथा भिडियोलाई गोरखा चौतारी म्युजिकले आफ्नै युटुब चयानल बाट सार्बजनिक गरेको छ ।

130 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank