केकीलाई फकाउँदै नारायण भन्छ ‘जाम पारी पारी’ (भिडियो सहित)
सोमवार, फाल्गुन २१, २०७४
loading...

काठमाडौं । नेपाली टेलिभिजनको दुनियामा राम्रो प्रस्तोताको रुपमा स्थापित नारायण कडरिया अब गायकको रुपमा दर्ज भएका छन् । उनै नारायण कडरियाको समधुर आवाजमा रहेको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।
आफ्नै शब्द संगीत र स्वरमा रहेको ‘जाम पारी पारी’ बोलको गीत युट्युब र विभिन्न टेलिभिजनहरु बाट एक साथ सार्वजनिक भएको छ।
केकी अधिकारी र नारायणको अभिनय रहेको यस म्युजिक भिडियोलाई फोटोपत्रकार नबिनबाबु गुरुङले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी एण्ड टीमले छायांकन गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेका छन् ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments