विवाहमा प्रेमले अञ्जलीलाई ‘आँशु झार्न दिन्न’ भनेपछी (भिडियो सहित)

शुक्रबार, फाल्गुन ११, २०७४

loading...


काठमाडौं । नेपालीहरुको मौलिक भाकाहरुलाई गीत संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुर्याउने नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने क्रम जारी रहेको छ ।

विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गीत बजारमा ल्याउने क्रममा गायक विष्णु बञ्जाडे र गायिका सुनितामी परियारको सुमधुर आवाजमा “आँशु झार्न दिन्न” बजारमा आएको छ।

“आँशु झार्न दिन्न” गीत लोक लयमा आधारित रहेर तयार परिएको छ । विष्णु परियारको शब्द र संगितमा रहेको गीतमा विवाह पछि सुखका साथ जिन्दगी भर साथ दिने कुरालाई रोमाञ्चक तरिकाले समेटिएको छ । चर्चित मोडल अञ्जली अधिकारी र प्रेम रेग्मीको निकै उत्कृष्ट अभिनय रहेको गितमा काजिश श्रेष्ठको निर्देशन रहेको छ। अजय रेग्मीको छायाँकन तथा रमीत वलीले सम्पादन गरेका छन ।

128 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank