राष्ट्रिय गीत जय जय नेपाल सार्वजनिक, राजेश हमालको देखियो यस्तो दमदार अभिनय (भिडियो सहित)

बिहिबार, फाल्गुन ५, २०७३

loading...


काठमाडौँ । गीतकार आलोक चाम्लिगं राईको गीत जय जय नेपाल को भिडियो सार्वजनिक भएको छ ।

प्रवासमा रहेर पनि गीत संगीतमा सक्रिय राईका राष्ट्रिय भावनाले ओतप्रोत शृजनामा गायक सिडी बिजय अधिकारी र मनिषा राईले स्वरबद्ध गरेको गीतमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालदेखि, सरोज खनाल, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारिता, पत्रकारिता, गीत संगीतमा सक्रिय दुई दर्जन बढीको अभिनय देख्न सकिन्छ ।rajesh-hamal

पछिल्लो समयका ब्यस्त अनि चर्चित निर्देशक सशान कँडेलले निर्देशन गरेको भिडियोमा सिर्जन बरालको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । राजिव सिंहले एरेन्ज गरेको गीतको अडियो सिडिएम म्यूजिक क्रियशनले तयार गरेको हो ।

 

707 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank