नारायण धितालको ‘देखे तिमीलाई’ सार्वजनिक(भिडियो सहित)

आइतवार, फाल्गुन १, २०७३

loading...


स्कटल्याण्ड, युके । सुमुधुर स्वरका युवा गायक नारायण धितालको गीत ‘देखे तिमीलाई’ को म्युजिक भिडियो भ्यालेनटाइन डे को अवसरमा सार्वजनिक गरिएको छ।

गायक नारायण धितालकै संगीत र शब्द रहेको उक्त गीत स्कटल्याण्डको रमणनिय स्थानमा छायांकन गरिएको छ। हाल बेल्जियम रहेका गायक धितालले करिब करिब पन्ध्र वर्ष अघि अहिलेका चर्चित कलाकार हरु अन्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्सालहरु संगै चार वर्ष गन्धर्ब संगीत पाठसलाम गायन र संगीत अध्ययन गरेका थिए।

गायक धितालले २०६० र २०६७ सालमा गरि दुइटा आधुनिक गीतको एल्बम निकालेका थिए। भ्यालेनटाइन डेको प्रेमलाप कथामा बनाइएको उक्त म्युजिक भिडियोमा अन्जना घले र सुबास सापकोटाले अभिनय गरेका छन् भने निर्देशन दिपेश रेग्मीले गरेका छन्।

1723 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank