इन्दिरा र दिनेशको ‘रात्रि बस’ (भिडियो सहित)

शुक्रबार, फाल्गुन ४, २०७४

loading...


विराटनगर । नेपाली लोकदोहोरीको क्षेत्रमा मौलिक भाकाका साथै जिवन भोगाइका क्षणहरु समेटिका लोकभाकाको आगमनको क्रम बढदो मात्रामा रहेको छ ।

काठमाडौंको रात्री बसको खासै भरोसानै हुदैन समयमा गन्तव्यमा पुग्न गाह्रो नै हुन्छ, सधैं काठमाडौंको रात्री बसको पीडा खेप्न बाध्य भएका आम नेपालीको कथालाई समेटेर गायिका इन्दिरा गैरे र दिनेश पाण्डेको सुमधुर आवाजमा रात्रि बस सार्वजनिक भएको छ ।

करिब १ दर्जन गीत बजारमा आएपनि पनी उनलाई रात्रि बसले चिनाउन सफल हुने अपेक्षा गायिका इन्दिराले लिएकी छन । बुट्वल तिरको सेरोफेरो र आफ्नो जन्मथलो लाई समेटेर बनाएको गीतलाई दिनेश पाण्डेले लय भरेका छन ।

उक्त गीतलाई चर्चित निर्देशक अशोक बिकले निर्देशन गरेका छन् भने अर्जुन सापकोटाले छयांकन गरेका छन्। रात्रि बस को गीतमा सुमन परियार र सुस्मिता गैरेको अभिनय देख्न पाइन्छ।

297 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank