प्रदीपको प्रेममा सपना आएपछि (भिडियो सहित)
बुधबार, पुस १२, २०७४
loading...

काठमाडौं । अष्ट्रेलियामा बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वरको ‘प्रेममा परेछु’ शीर्षकको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अष्ट्रेलियामा निर्माण भएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।
अष्ट्रेलियाका मनोरम दृष्यहरुमा छायांकन गरिएको भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका छन् । सपनाको यो पहिलो म्युजिक भिडियो हो ।
टेक बयलकोटीद्वारा छायांकन तथा सम्पादन गरिएको उक्त भिडियोको कलर करेक्सन भने काठमाडौंमा गरिएको हो । पूनम तथा रायन निर्माता रहेको भिडियोलाई हाइलाइट्स नेपालको यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको हो ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments