बिष्णु भट्टराईको निर्देशनमा रहेको ‘नक्कले भिनाजु’ मा साली भेनाको रोमान्स (भिडियो सहित)

बुधबार, असार २८, २०७४

loading...


तीज गीतहरु दिन प्रतिदिन युटुबमा अत्याधिक मात्रामा सार्बजनिक भएका छन, तर दर्शकले यो तीज गीतले बजार पिट्छ है भन्ने खालको गीत अझै सम्म पनि बजारमा सार्बजनिक नभएको अबस्थामा हरि माया रायमाझी , बिष्णु ठडराइ र बिशाल रायमाझीको संयुक्त तीज कोशेली ‘नक्कले भिनाजु’ बजारमा आएको छ  ।

युटुबमा सार्बजनिक भएको केहि घन्टामै ५८ हजार बढीले हेरिसकेका छन चर्चित हास्यकलाकार दारी बा र मोडल एलिना रायमाझीले भेना र सालीको भूमिका निर्बाह गरेकाछन । बिष्णु भट्टराईले कलाकारहरुलाई रमाइलो गरि प्रस्तुत गराएका छन । बुटवलको कालिकानगर अबस्थित होटल एसियनमा छायांकन गरिएको भिडियोले दर्शकको मन छोएको छ । विन्ध्यवासिनी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको भिडियोमा दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ ।

पुरानो भाकालाई नया शैलीमा तयार गरिएको गीतमा हरिमाया रायमाझी , बिशाल रायमाझी र बिष्णु ठडराइको स्वररहेको छ भने बिशाल रायमाझीले लय तयार परेकाछन । साली र भेनाको माया प्रीतीमा हरिमाया रायमाझीले शब्द भरेकी छिन , किशोर थापाको नृत्य निर्देशन रहेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ हेरौ चर्चामा आएको ‘नक्कले भिनाजु’

725 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank