युवतीले ड्रेस चेन्ज गरेको हेर्ने राजु मास्टर र बल्छी धुर्बेलाइ राम धुलाई (भिडियो सहित)

आइतवार, चैत्र २७, २०७३

loading...


काठमाडौं । काठमाडौँको बतासे डाडोको नजिकै पर्ने एक घरको झ्यालमा चियाएर युवतीले ड्रेस चेन्ज गरेको हेर्ने मेरी बास्सैका चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ युवतीका दाइले राम धुलाई गरेका छन् ।

यो प्रसङ्ग म्युजिक भिडियोको हो, देवी घर्ती र बिशाल बास्तोलाको आवाजमा रहेको लोक दोहोरि कोशेली ‘भेट्नलाई आउ है कान्छा’ बोलको गीतको छायांकन सम्पन्न भै युटुबमा भिडियो सार्बजनिक भएको छ ।

अहिले सम्मकै नया रुपमा अर्थात् आफ्नो बास्तबिक रुपमा पहिलो पटक कलाकार राजु मास्टर र बल्छी धुर्बेलाइ निर्देशक बिष्णु भट्टराईले प्रस्तुत गरेका छन् । राजु मास्टर, बल्छी धुर्बे, आशा खड्का, दलबहादुर, राजु चौलागाई लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोमा बासु बरालको छायांकन रहेको छ ।

अविरल  फिल्म्सको बजार ब्यबस्थापन तथा दृश्य निर्माण रहेको भिडियो काठमान्डौको नजिकै पर्ने बतासे डाँडा सेरो फेरोमा छायांकन गरिएको छ । केहि रमाइला र हास्यास्पद सम्बाद सहित तयार गरेको भिडियो दर्शकलाई मनपर्ने निर्देशक बिष्णु भट्टराईको भनाइ छ । यसभन्दा पहिले ३ ओटा गीत बजारमा ल्याइसकेका भएपनि गायक बिशाल बास्तोलाले यो गीत बाट दर्शक श्रोताको माया र साथ् पाउने बताउछन ।

779 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank