कस्ले बढायो सुगम पोखरेलको दिलको धड्कन (भिडियो सहित)

शनिबार, फाल्गुन २१, २०७३

loading...


काठमाडौँ । चर्चित गायक सुगम पोख्रेलको स्वर रहेको ‘सपना देख्थेँ सँधै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गायक सुगमलाई श्रेया सोताङले स्वरमा साथ दिएको गीत लिएर सङीतकार जिवेश शेढाईं पुन सांगीतिक क्षेत्रमा आगमन गरेका हुन् । उनले करिब​ आठ बर्ष अगाडी गायिका श्रुती सिँह ठकुरीको चर्चित गीत ‘तिमी गर या नगर’ बाट संगीतकारको रुपमा राम्रो परिचय बनाएका थिए ।

चर्चित फोटोग्राफर श्रीधर पौडेलले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र भावना पुनको अभिनय रहेको छ​। पछिल्लो पुस्ताका युवाहरुलाई लक्षीत गरि बनाइएको भिडियोबाट सङीतकार जिवेश निकै उत्साहित रहेको बताएका छन् । जसको बजार ब्यबस्थापन भाइब्स क्रियसनले गरेको छ ।

610 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank