ड्रीम्स प्रोडक्सनको नयाँ म्युजिक भिडियो सार्वजनिक

बुधबार, फाल्गुन १८, २०७३

loading...


काठमाडौं । ड्रीम्स प्रोडक्सनले तिमी सङ्गै हे मायाको चर्चा पछि फेरि अर्को म्युजिक भिडियो सर्वजनिक गरेको छ । कोरिया लगायत नेपालमा पनि लोकप्रिय कमाउदै आएको ड्रीम्स प्रोडक्सनले उत्पादन गरेको उक्त म्युजिक भिडियो प्रणय दिवस पारेर सार्वजनिक गरेका हुन।

देव दाहालको शब्द अनि हरि लम्सालको सङ्गीत र एरेन्जर रहेको यस गीतमा स्वरका धनी गायक प्रमोद खरेलले मिठो आवाज दिएका छन् । नरेन श्रेष्ठको निर्देशन र छायांकन तथा सरोज अधिकारीको कोरियोग्राफ र देव दाहाल, रोहन थापा र रीता छेत्री रहेको निकैनै मिठो उक्त गीतको छायाङ्कन कोरियाको रमणीय स्थानहरूमा सम्पन्न गरिएको थियो । जसलाइ सम्पादक रमेश जङ्ग थापाले गरेका छन् ।

ड्रीम्स प्रोडक्सनले यस अघि पनि केही म्युजिक भिडियो सार्वजनिक गरिसकेको थियो । म्युजिक भिडियो उत्पादन गर्दै आएको यस प्रोडक्सनले यो गीत ले पनि राम्रो सफलता पाउने दाबी गरेको छ ।

 

641 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank