यि युवकले राखे सुन्दरी नायिका केकीलाई नयाँ तरिकाले प्रेम प्रस्ताव

सोमवार, फाल्गुन १६, २०७३

loading...


काठमाडौं । म्यूजिक भिडियो क्विन केकी अधिकारी चलचित्रसँगसँगै म्यूजिक भिडियोमा पनि झन भन्दा झन् जम्न थालेकी छन् ।

उनको अभिनय रहेको नयाँ भिडियो गुडीजाने रेलमा पनि उनले दमदार अभिनय गरेकी छन् । भिडयोमा केकीलाई पछिल्लो समयका ब्यस्त मोडल तथा नायक पुष्पल खड्काले साथ दिएका छन् ।

विशाल भण्डारीले निर्देशन गरेको भिडियोले युवा अवस्थामा प्रेम रोमान्स गर्ने उमेरका किशोर किशोरीको मायाको भावलाई जस्ताको त्यस्तै पर्दामा उतारेको छ ।

गायक किशोर शिवाकोटीको शब्द शृजनामा सुनिल माष्कले कम्पोज गरेको गीतको एरेन्ज सचिन सिंहले गरेका छन् ।

अर्जुन तिवारीले छायांकन गरेको गीतको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् । गीतको अडियोलाई भाइब्स क्रियसनले तयार गरेको हो ।

532 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank