संचारकर्मी श्रेष्ठको निधन

शनिबार, बैशाख २८, २०७६

loading...


काठमाडाैं । संचारकर्मी तथा गायककार सुरज श्रेष्ठको शनिबार बिहान निधन भएको छ । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठको ४५ वर्षको युवा अवस्थामै निधन भएको हो ।  श्रेष्ठ चाबहिलको ओम अस्पतालमा  उपचारार्थ थिए ।

दुई दशकदेखि गीत संगितमा साधना गर्दै आएका श्रेष्ठ पछिल्लो समय इमेज एफएममा कार्यरत रहेका थिए ।

पछिल्लो समयमा म्युजिक भिडियोमार्फत नयाँ-नयाँ प्रयोग गर्दै आएका उनले म्युजिक भिडियोको क्षेत्रमा आफ्नै स्थान बनाएका थिए । उनले रेडियोकर्मी, भिडियो निर्देशकलगायत विभिन्न क्षेत्रमा रही काम गर्दै आएका थिए ।

श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank