अमेरिकामा पिके, दंगल र बजरंगीको रेकर्ड तोड्दै पद्मावत, कहाँ कति व्यापार ?

सोमवार, माघ १५, २०७४

loading...


दीपिका पादुकोण अभिनित फिल्म पद्मवत रिलिजपूर्व कर्णानी सेनाको विरोधका कारण विवादमा परेको थियो त्यही रिलिज पछि फिल्माका समिक्षकहरुको फरक फरक फिडब्याकले चर्चामा रहेको छ ।

फिल्मका समिक्षकहरुले जस्तो समिक्षा गरेपनि दर्शकलाई फिल्म कस्तो लाग्यो भन्ने कुराले मान्यता राख्दछ । फिल्म पद्मावतले भारतमा राम्रै व्यापार गरिरहेको छ भने, विदेशी बक्स अफिसमा सलमान खान र आमिर खान जस्ता स्टारको रेकर्ड तोड्दैछ ।

शनिवार सम्ममा भारतमा मात्रै फिल्मले ८३ करोडको व्यापार गफिल्म पद्मावतले एक सय करोडको क्लवमा प्रवेश गर्ने तयारीमा छ ।। फिल्म पद्मावतले ग्लोवल बक्स अफिसमा नयाँ रेकर्ड बनाउने खवर पनि मिडीयामा आएका छन् ।

पद्मवको एक दिनमै सबैभन्दा बढी व्यापार उत्तरी अमेरिकामा

बलिउडका सुपरस्टार सलमान खान, शाहरुख खान र आमिर खान पछि दीपिका पाडोकोणले आफ्नो स्थान बनाएकी छिन् । व्यापार विश्लेषक तरण आदर्शले शेयर गरेको डाटा अनुसार फिल्म पद्मवले उत्तरी अमेरिका मा एक दिन मा सबै भन्दा बढी व्यापार गरेको छ ।

फिल्मले उत्तरी अमेरिकामा एक दिनमा २२.१८ करोडको कमाई गर्दै सलमान खार आमिर खानको एक दिनको कमाईको रेकर्ड तोडेको छ ।

फिल्म पद्मवतले पी.के., धूम ३, दाङलगायत बजरंगि भाईजानको रेकर्ड तोडेको छ ।

ग्लोबल बक्स अफिसमा पद्मवत

फिल्म पद्मावतलाई विदेशी फ्यानहरुको पनि मनपराएका छन् । यूएस र क्यानाडामा त फिल्म पद्मावतले सबैभन्दा ठूलो बलिउड फिल्मको उद्घाटन गरेका छ।

314 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank